दमक/झापा दमकमा कार्यकारि अधिकृत भएकै अवस्थामा प्रधानमन्त्रि केपी शर्मा ओलीका नीजि स्वकीय सचिव भएर काठमण्डौ गएका उपसचिव युवराज दाहालको हेलिकप्टर दुर्घटनामा परेर निधन भएपछि दमकबासीहरु स्तब्ध भएकाछन् ।
उनि सवार हेलिकप्टर आज दिउसो दुर्घटनाग्रस्त भएको हो । ताप्लेजुङको फुङलिङ नगरपालिका १०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसंगै उनि आएका थिए । तेह्रथुमको अठराई चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको टोली फर्किने क्रममा दुर्घटनामा परेको हो।
काठमाडौँबाट बिहान आठ बजे उडेको कल साइन एएमआई (अल्फा माइक इन्डिया) सो हेलिकप्टर दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले राज्य व्यवस्था समितिको बैठकमै जानकारी गराएका थिए।










