१५,फागुन,दमक। झापाको दमक नगरपालिका १० मा विद्यालयको गेटले किचेर एक विद्यार्थीको मृत्यु भएको छ । श्री जनता आधारभुत विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत ७ वर्षीया बालक विजेन्दर हेमरमको मृत्यु भएको हो ।
गेट लडेर किचेपछि घाइते भएका उनलई उपचारको लागि दमक स्थित लाइफ लाइन अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । उनको टाउँकोमा चोट लागेको थियो ।










