दमक/दमक नगरपालिकाका पुर्व कार्यकारी अधिकृत तथा उपसचिब युवराज दाहाल पाथिभरामाताप्रति निक्कै आस्था राख्ने गरेका थिए । उनि पटकपटक पाथिभरा मन्दिर पुगेका थिए ।
दमक नगरपालिकाका कर्मचारी सहित फोहोर ब्यवस्थापनका लागि डस्विन समेत लिएर पनि त्यहाँ पुगेको बताइन्छ । अहिले ति तस्विरहरु स्मृती बनेकाछन् । पाथिभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेर उनको ज्यान गएको छ ।
उनि दमक नगरपालिकामा ३ बर्ष ४ महिना बसेका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि सचिब बनेर काठमण्डौ गए । उनि झापाकै बासिन्दा हुन् ।

नगरपालिकाका कर्मचारीहरुसंग पाथिभरा मन्दिरमा दाहाल दमक

दमकमा रहदा पाथिभरा मन्दिरमा लाखबत्ती बाल्ने तयारीमा दाहाल सहित नगरपालिकाक कर्मचारी










