दमक/नगरपालिकाका पुर्व कार्यकारी अधिकृत एवं नेपाल सरकारका उपसचिव युवराज दाहालको सम्झनामा झापाको दमकमा आज शोकसभा गरिने भएको छ । बिभिन्न संघसंगठनहरुले शोकसभा गर्ने तयारी गरेकाछन् । साँझमा गणतन्त्र चोकमा दीप प्रज्वलन हुने समेत जनाईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका नीजि सचिव भएपछि दमकबाट काठमण्डौ गएका उनको बुधबार मृत्युको खबरले दमकबासीहरु भावविह्ल भएकाछन् । दमक नै शोकमग्न भएको छ । दाहाल दमकमा ३ बर्ष ४ महिनाभन्दा बढि समय बसेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा नयाँ विकासका योजना ल्याउन र रीत पुर्वक काम गराउनका लागि उनले अहम भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा दाहाललाइ दमकका अगुवाहरुले श्रद्धाञ्जली दिइरहेकाछन् ।

ताप्लेजुङको पाथीभरामन्दिर दर्शनपछि काठमण्डौ फिर्ने क्रममा पर्यटनमन्त्री रबिन्द्र अधिकारी सहित दाहाल रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि स्थलगत अवलोकन र अध्ययन पछि मन्दिरको दर्शनमा गएका मन्त्री अधिकारीसहित उहाँका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ,यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको उक्त दुर्घटनामा निधन भएको थियो ।