दमक/ दमक नगरपालिकाका पुर्व कार्यकारी अधिकृत एवं उपसचिब युवराज दाहालको अन्तेष्टि आज पशुपति आर्यघाटमा हुने भएको छ भने यता दमकमा बिभिन्न संघसंस्थाहरुले स्वतस्फुर्त रुपमा श्रद्धाञ्जलीसभा गर्ने तयारी गरेकाछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका नीजि सचिब समेत रहेका दाहालको विहान ११ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गरिने प्रधानमन्त्रीको नीजि सचिवालय सदस्य होमबहादुर थापाले जनाएकाछन् । केहिवेरपछि उनको शव टुडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने जनाईएको छ ।
तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि स्थलगत अवलोकन र अध्ययन पछि मन्दिरको दर्शनमा गएका मन्त्री अधिकारीसहित उहाँका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ,यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको उक्त दुर्घटनामा निधन भएको थियो ।











