दमक/झापाको दमक नगरपालिकाका पुर्व कार्यकारी अधिकृत एवं उपसचिब युवराज दाहाल सहित हेलिकप्टर दुर्घटनामा परेर निधन भएकाहरुको सम्झनामा आज साँझ ५ बजे दमक गणतन्त्र चोकमा शोकसभा हुने भएको छ ।
दमकका विभिन्न संघसंस्थाहरुको समन्वयमा शोकसभा हुन लागेको जनाईएको छ । सबैलाइ शोकसभामा सहभागिताका लागि अनुरोध गरिएको छ । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।











