झापा । झापा गोल्डकपको चौथो संस्करण शनिबारबाट झापाको बिर्तामोडमा शुरु भएको छ । प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली आयोजक झापा ११ फुटबल क्लवले विजयी सुरुवात गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिवार भएको खेलमा झापा ११ ले सहारा फुटबल क्लब पोखरालाई २—० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । घरेलु दर्शकको समर्थन पाएका झापा ११ ले सहाराविरुद्ध पहिलो हाफ्मै दुई गोलले अग्रता लिए । खेलको ४० औँ मिनेटमा झापाबाट खेलेका विदेशी खेलाडी काजिम बुखारीले गोल गर्दै टिमलाई अग्रता दिलाए । एक गोलले अग्रता लिएको केही मिनेट बित्न नपाउँदै झापाले थप एक गोल गरेर जीत नजिकै पुगे । झापाका कप्तान कर्ण लिम्बुको स्थानमा मैदान प्रवेश गरेका संयोग राईले खेलको ४५ औ मिनेटमा गोल गरे । झापाले पहिलो हाफ्मा सहारालाई दबावमा राखे । दोस्रो हाफमा पनि सहाराले झापालाई दबाब राख्न नसक्दा खेल झापाको पक्षमा गयो । खेलको म्यान अफ दि म्याच झापा ११ का संजोग राई घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । आइतबार सशस्त्र प्रहरी (एपीएफ) क्लब र मोरङ ११ फुटबल क्लव बीच खेल हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लबसहित विभागीय टोलीहरु त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिसका साथै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार, मोरङ–११, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकाडेमीको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए । विजेता टिमलाई नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफि पाउनेछ ।
झापा गोल्डकप शुरु, झापा ११ को सानदार जीत
सवाल नेपालसंवाददाताशनिबार, १७ फागुन २०७५

झापा गोल्डकप शुरु, झापा ११ को सानदार जीत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास

यो पनि पढ्नुहोस् »
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
नेपालले युएईलाई दियो २०१ रनको चुनौती
शनिबार, १२ वैशाख २०८३
भारतसँग खेल्न पाकिस्तान तयार, कसरी भयो सहमति ?
मंगलबार, २८ माघ २०८२
टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल
शुक्रबार, ६ भदौ २०८२
अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता — आज गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिका भिड्ने
सोमबार, १५ माघ २०८१



