दमक/झापा कमल गाँउपालिका वडा नं. ५ लभडाँडामा सवारी दुर्घटना भएको बताईएको छ । पुर्व पश्चिम राजमार्गमा पुर्व जादै गरेको बा ३८ प ३०३८ नम्बरको स्कुटीले विपरित दिशाबाट आउदै गरेको मे १ ह ४३२६ नम्बरको अटोलाई ठक्कर दिदा सोही दिशाबाट आउदै गरेको मे १०प १०६२ न.को मोटरसाइकल समेत लाईठक्कर दिएको प्रहरीले जनाएको छ ।
स्कुटी चालक ईलाम चुलाचुली गाँउ पाँलिका ३ बस्ने बर्ष ३५ को टेक मगर, अटो चालक दमक (९ बस्ने बर्ष ४२ को गणेश भट्टराई, मोटरसाइकल चालक मेचीनगर नगरपालिका ६ बस्ने बर्ष ५३ को हरी पराजुली घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।











