दमक/प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्ड झापा आउने भएकाछन् । शहिद दिवसको सन्दर्र्भमा सुखानीमा हुने कार्यक्रममा सहभागी हुन अध्यक्षद्धय झापा आउने जनाईएको हो ।
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रबिन्द्र अधिकारी सहितको सम्झनामा यहि स्मृतीसभा हुने पनि जनाईएको छ । यसलाइ सफल बनाउनका लागि झापाको दमकमा पहिलो चरणको बैठक समेत भएको नेकपा नेता गगन पुरीले बताए ।
सुखानीमा हुने कार्यक्रममा प्रत्येक बर्ष नेकपाका शिर्ष नेताहरु आउने गरेका थिए । यो बर्ष पनि प्रधानमन्त्री ओली सहित प्रचण्ड र अन्य शिर्ष नेताहरु आउन लागेको नेकपा झापाले जनाएको छ ।
कार्यक्रमलाइ भब्य बनाउने र हजारौको उपस्थिति रहने बताईएको छ । यसका लागि सबै नगरपालिका तथा गाँउपालिकाको पार्टी कमिटीहरु परिचालन गरिएको पनि नेकपा नेता पुरीले बताए ।
पञ्चायत बिरुद्ध लड्ने क्रान्तिकारी अगुवा रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजबंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई गोली हानी बर्बरतापुर्वक हत्या गरिएको स्मरण गर्दै कम्यूनिष्ट पार्टीहरुले प्रत्येक बर्ष फागुन २१ गते सुखानी स्मृती सहिद दिवस मनाउदै आएकाछन् ।
झापा आन्दोलनका अगुवाहरुका अनुसार सशस्त्र संघर्षको थालनी २०२८ साल जेठ २ गते स्थानीय एक जमिन्दारमाथि योजनाबद्ध आक्रमणबाट भएको थियो । र क्रमैस“ग केही जमिन्दार मारिएका थिए । २०२८ सालको पुस ११ गते शनिश्चरेका स्थानीय धर्मप्रसाद ढकाल माथिको आक्रमण सशस्त्र संघर्षको उत्कर्षको घटना रहेको थियो ।











