चरिकोट - उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे । दुई छोरा र दुई छोरीका बुवाआमा भए । ती दिन कस्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ ।

‘त्यो बेला दुःखसुख गरी घर सम्हालेँ,’ दोलखाको गौरीशंकर गाउँपालिका, ८ खारेका ८२ वर्षीय वृद्धले भने, ‘मर्ने बेला छोडपत्र गर्न कसलाई रहर हुन्छ र ?’ उनले भदौ ७ गते ७८ वर्षीया श्रीमतीसँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दर्ता गरे । भदौ १ देखि लागू भएको मुलुकी देवानी (संहिता) ऐनले सम्बन्दबिच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘२०५० सालदेखि झैझगडा गर्न थाले पनि सहेर बसेको थिएँ,’ एक्लै बस्दै आएका उनले भने, ‘२०६६ देखि उनी काठमाडौंं गएर बसिन् ।’ श्रीमतीले २०७३ चैतमा अंश चलन मुद्दा हालेको उनले सुनाए । भने, ‘मैले अंश दिएँ ।’ याे समाचार रवीन्द्र गाैतमले अन्नपूर्णमा लेखेका छन् ।