काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार झापा जाँदैछन् । इलामको माईनगरपालिकामा रहेको सुखानी शहीद उद्यानमा आयोजित श्रद्धाञ्जलिसभामा सहभागी ओली–प्रचण्ड झापा जान लागेका हुन् ।

नेकपाका अध्यक्षद्वय झापाको चन्द्रगढी विमानस्थल हुँदै इलाम र झापाको सीमावर्ती क्षेत्र सुखानीमा पुग्ने कार्यक्रम छ । नेकपाले ४६औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउने भएपछि ओली र प्रचण्ड सोही कार्यक्रममा सहभागी हुन लागेका नेकपा झापाले जनाएको छ । ओली र प्रचण्डले सुखानिको श्रद्धाञ्जलिसभा कार्यक्रममा पहिलो पटक एक साथ आउन लागेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आन्दोलनका क्रममा माइनगरपालिकाको सुखानी जंगलमा हत्या गरिएका पाँच जना शहीद, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहित केही दिनअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका पूर्वउपप्रधान तथा नेकपाका नेता भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीमा अध्यक्षद्वयले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लोकान्तर बाट साभार