दमक/नगरपालिकाका पुर्व कार्यकारी अधिकृत एवं नेपाल सरकारका उपसचिव युवराज दाहालको सम्मानमा दमक नगरपालिकाले श्रद्धाञ्जली एवं शोकसभा गर्ने भएको छ ।

केहि दिन अघि भएको हेलिकप्टर दुर्घटनामा परेर निधन भएका उनको नगरपालिकाले सम्झना गर्दै कार्यक्रम राखेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा साढे ३ बर्ष बसेका दाहालले यहाँका विकास योजनाहरुको परिकल्पना र शुरुवात गर्न महत्वपुर्ण भुमिका खेलेका थिए ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार विहिबार बिहान १० बजे नगरपालिका भित्र नै शोकसभा राखिएको हो ।

नगरपालिकाका कर्मचारीहरु अहिले पनि सामान्य अवस्थामा आउन सकेका छैनन् । उनिहरु शोकमा डुबेकाछन् ।

नगरपालिकाभित्र अधिकाँश समय दाहालको कुराकानी र उनको योगदानको बिषयमा चर्चा हुने गरेको नगरपालिकाका एक कर्मचारीले बताए ।