दमक/झापाको दमक नगरपालिकामा नगरपालिकाका पुर्व कार्यकारी अधिकृत द्वय युवराज दाहाल र गणेश भट्टराइको सम्झना गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भट्टराइ बाराको प्रमुख जिल्ला अधिकारी रहेका थिए र उनको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

भट्टराइ पहिले एक बर्ष दमक नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका नीजि सचिब समेत रहेका पुर्व कार्यकारी अधिकृत दाहालको केहि दिनअघि हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

उनले दमकको विकास र सम्बृद्धिका लागि योजना ल्याउन महत्वपुर्ण भुमिका खेलेको भन्दै उनको सम्झना गरिएको छ ।

नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिानलाइ शोक मन्तब्य राख्दै दाहालले दमकमा पुर्याएको योगदान बिशिष्ठ रहेको जनाए ।

हेर्नुहोस भिडियो :

https://www.facebook.com/sawalnepaldigital/videos/623410598116205/