दमक/राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि थुनामा रहेका डा. सिके राउतलाइ छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

यो आदेशसंगै स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत थुनामुक्त हुने भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले उनलाइ छोड्ने आदेश दिएको बताईएको छ।

स्वतन्त्र मधेश राष्ट्रका लागि शान्तिपूर्ण अभियानमा आफुहरु सरिक भएको बताउदै आएका राउत बारम्बार पक्राउ पर्दै आएकाछन् ।

अदालतको आदेशमा उनि छुट्ने गरेकाछन् ।

उनि यो अभियानमा लाग्नु अधि पेशाले बैज्ञानिक डा.राउत अमेरीकामा कार्यरत रहेका थिए ।

झण्डै मासिक १४ लाख तलब रहेको जागिर छोडेर केहि वर्षअघि उनि नेपाल आएको बताइन्छ।

राउतले लेखेको मधेशको इतिहास, ‘बैराग्यदेखि बचावसम्म लगायत आधा दर्जन वढि पुस्तकहरु प्रकाशित भईसकेको छ ।