भद्रपुर । खाना पकाउने ग्यास सिलिण्डर चुहावट भएर आगलागी हुदाँ एक भारतीय नागरिकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा कचनकवल ५ स्थित पाठामारी निवासी ३० बर्षीया भारतीदेवी यादव, ६ बर्षीया नियाकुमारी यादव, ८ बर्षीय आयुष यादव, २९ बर्षीय शिवकुमार यादव, १८ बर्षीय रामप्रसाद यादव र भारत किशनगञ्ज निवासी २९ बर्षीया चन्द्राकुमारी यादव रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक मेहन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार सोमबार बेलुका ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर चुहावट भई आगलागी भएको थियो । आगलागी हुदाँ परिवारजन घरभित्र रहेका थिए । आगलागीमा परी उनीहरुको शरिरको विभिन्न भाग जलेको छ । घाइते ६ जनाको ओमसाइ पाथिभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको हस्पिटलका जनसम्पर्क अधिकारी मनोज दाहालले जानकारी दिए । उनका अनुसार सबै जनालाई आकस्मिक कक्षमा राखेर चिकित्सकले उपचार गरिरहेको छ । फोटो सौजन्य : मनोज दाहाल

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड