दमक/प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि सचिवालयले झापाको कचनकवलमा आगलागी भएर घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गरेको छ ।
ओलीका प्रमुख नीजि स्वकीय सचिब इन्द्र भण्डारीले यस सवाल नेपाल डिजिटल पत्रिकामा खबर आउनसाथ अस्पतालमा फोन गरेर रातीनै घाइतेहरुको अवस्था बुझेका थिए ।
उनले प्रधानमन्त्री ओली र आफ्नो तर्फबाट स्वास्थ्य लाभको कामना गरेको जनाए ।
गयराती कचनकवल ५ स्थित पाठामारीमा खाना पकाउने ग्यास सिलिण्डर चुहावट भएर आगलागी हुदाँ एक भारतीय नागरिकसहित छ जना घाइते भएकाथिए।
घाइते हुनेमा कचनकवल ५ स्थित पाठामारी निवासी ३० बर्षीया भारतीदेवी यादव, ६ बर्षीया नियाकुमारी यादव, ८ बर्षीय आयुष यादव, २९ बर्षीय शिवकुमार यादव, १८ बर्षीय रामप्रसाद यादव र भारत किशनगञ्ज निवासी २९ बर्षीया चन्द्राकुमारी यादव रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक मेहन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनिहरुलको भद्रपुरस्थित ओमसाइ पाथिभरा अस्पतालमा उपचार भइरहेको छ ।











