दमक/झापाको दमक बहुमुखि क्याम्पसमा अनेरास्वबियूको जित शुनिश्चित भइसकेकाले बिभिन्नन समुहहरुले निर्वाचन बिथोल्न खाजेपनि त्यो सफल नहुने अनेरास्वबियूले जनाएको छ । अनेरास्वबियूलाइ मुछेर क्याम्पसमा ताल्चा लगाउनेसम्मको हर्कत भएको जनाउदै स्वच्छ प्रतिस्पर्धाबाट डराएर भाग्नेहरु आफै पतन हुने दमक अनेरास्वबियू दमक इकाइ समितिले जनाएको छ । स्वबियू चुनाव निर्धारित मितिमै गर्न माग गर्दै दमक बहुमुखी क्याम्पसको प्रशासन र स्ववियु कार्यालयमा लगाएको ताला विद्यार्थीहरुले फूटाएर बिद्यार्थीहरुको अधिकारलाई हनन् नगर्न चेतावनी समेत दिएकाछन् । बिद्यार्थीको अधिकार हनन् हुन नदिनका लागि आफूहरुले लगाएको ताला फोरिदिएको अनेरास्वबियूका अध्यक्षका उम्मेदवार सन्तोष दूलाले बताए । नेबिसंघबाट स्वबियू अध्यक्षका उम्मेदवार बनेका बिनोद चापागाइले आफूहरु निर्धारीत समय भोली नै निर्वाचनको पक्षमा रहेको र निर्वाचन गराउनका लागि ताला फोरेर सहज वातवरण बनाइदिएको बताउछन् । उनले बिद्यार्थीहरुको अधिकारमाथि कसैले पनि धावा बोल्नु नहुने जनाए । अखिल क्रान्तिकारीबाट अध्यक्षको उम्मेदवार रबी बस्नेत कुलबहादुरले पनि अब निर्धारीत समयमा निर्वाचन हुने वातवरण बनेको जनाए । उनले बिद्यार्थी संगठनहरुबीत स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको बताउदै हारबाट डराएर यस प्रकारको गतिबिधि नगर्नलाई उनले आग्रह पनि गरेकाछन् । क्याम्पसमा नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी निकट अखिल क्रान्तिकारीले आफूलाई चुनावमा भाग लिन नदिने षड्यन्त्र गरेको भन्दै तालाबन्दी गरेको थियो । दमक क्याम्पसमा स्ववियु नेतृत्वका लागि ६ वटा विद्यार्थी प्यानलबीच चुनावी प्रतिस्पर्धा हुदैछ । निर्वाचन समिति संयोजक नारायण भट्टाईका अनुसार क्याम्पसमा एक हजार ३ सय ५४ जना मतदाता छन ।
दमक क्याम्पसमा स्वबियू निर्वाचन नरोकिने
सवाल नेपालसंवाददातामंगलबार, १५ फागुन २०७३

दमक क्याम्पसमा स्वबियू निर्वाचन नरोकिने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



