दमक/जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६४ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ ।
हिजो अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न निस्कदा खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएकाछन।
खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् ।
खनालको छाती र अनुहारमा चोट देखिएको छ ।
हिजो बेलुका नै उनको पोष्टमाटम भएको बताईएको छ ।
मेची अञ्चल अस्पतालमा उनको पोष्टमार्टम भएको हो । घटनापछि स्थानीयहरु त्रसित भएकाछन् ।











