विष्णुप्रसाद पोखरेल
दमक/झापाको सरकारी दमक अस्पतालमा बिरामीहरुले निशुल्क रुपमा खाना तथा खाजा पाउन थालेकाछन् ।
दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार एक महिनाभन्दा अघि देखि यो सेवा शुरु भएको हो ।
बिरामीहरुलाइ शरिरमा चाहिने आवश्यक क्यालोरी अनुसार खाजा तथा खाना उपलब्ध गराइने गरेको अर्यालले जनाए ।
सरकारी अस्पतालहरुमा सरकारले यस प्रकारको सुविधा दिने गर्दछ ।
जिल्ला अस्पतालको रुपमा रहेको दमक अस्पतालमा सेवा प्रभावकारी हुन नसकेको र बिमामा समेत समस्या रहेको जन गुनासो आउने गरेको छ ।
अस्पताल सञ्चालक समिति अध्यक्ष एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीका अनुसार सुधारको प्रयत्न र पहल भइरहेको छ ।
नीजि श्रोतबाट झापा दमकका पुराना विशेषज्ञ डाक्टर सुर्यनारायण शाह पनि यहाँ कार्यरत रहेकाछन् ।
उनि यहाँ आएपछि बिरामीको चाप बढेको पनि बताइन्छ ।
दरबन्दि अनुसार विशेषज्ञ डाक्टरहरु अस्पताल आउने क्रम पनि रहेको बताइएको छ ।











