दमक/दमक सहित झापामा बिप्लव नेतृत्वको माओबादीले गरेको बन्दको प्रभाव देखिएको छ । दमक सगरमाथा पेट्रोलपम्प नजिकै को १ च ४७६० नम्बरको राईनो जिपमा बिहीबार बिहान ४ बजे तोडफोड भएको जनाईएको छ ।

मुख्य पुर्वपश्चिम राजमार्गमा सवारी साधन चलेपनि भित्रि सडकहरु सुनसान रहेकाछन् । सधैजसो पसल तथा ब्यापार ब्यवसायहरु खुलेका छैनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिद्यालय तथा क्याम्पसहरु बन्द रहेकाछन् ।

बन्दको उल्लघन नगर्न माओवादीले चेतावनी दिएसंगै सबै क्षेत्र ठप्प भएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द खनाल झापामा रहेकाले सबै क्षेत्रमा प्रहरीको उपस्थिती बाक्लो देखिएपनि बन्दको प्रभाव भने पूर्ण रुपमा परेको छ ।