विष्णुप्रसाद पोखरेल दमक/दमकमा पुराण लगायत धार्मिक कार्यक्रम होस या कुनै कार्यक्रमहरु होस् थर्काएर माइकिङ्ग गर्ने चलन बढ्दो छ ।

जसले गर्दा नगरबासीहरुलाइ खपिनसक्नुको पीडा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिद्यार्थीहरुलाइ पढ्न समस्या छ ।

बिरामीहरुलाइ त झनै कठिन हुने नै भयो ।

सडकमा पनि माइकिङ्ग, मन्दिरमा पनि माइकिङ्ग, मस्जिदमा पनि माइकिङ्गले ठुलो समस्या पैदा भएको थियो ।

सडकमा सामान बिक्री गर्न पनि माइकिङ्ग, गाडिमा हालेर माछा बिक्री गर्न पनि माइकिङ्ग धेरै पीडा नगरबासीमा रहेको छ ।

हदै भएपछि यसको बिरोधमा सामाजिक सञ्जालमा कुराहरु आउन थालेपछि दमक नगरपालिकाले यस्तो नगर्न सुचना जारी गरेपछि यसले नगरबासीहरुलाइ एकप्रकारको खुसि दिएको छ ।

नगरपालिकाको कामको स्वागत गरिएको छ ।

दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, द्धितिय उपाध्यक्ष युवराज घिमिरे लगायतले उक्त सार्वजनिक सूचना सामाजिक सञ्जाल फेसबुकमा हालेर नै नगरपालिकाको कदमलाइ राम्रो भनेकाछन् ।

त्यसमा धेरैको समर्थन रहेको छ र यसलाइ कडाइ गरिनु पर्ने आवाज उठेको छ ।

ध्वनी प्रदुषण रोक्नका लागि ठोस कदम केहि नभएको अवस्थामा नगरपालिकाले नगर्न सुचना जारी गर्नुलाइ नै सकारत्मक रुपमा लिईएको बरिष्ठ उपाध्यक्ष खतिवडाले बताए ।