विष्णुप्रसाद पोखरेल दमक/नेकपाका अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओली आउदो चैतको तेस्रो साता दमक आउने भएकाछन् ।

बृहत साहित्यिक कार्यक्रममा सहभागि हुनका लागि ओली दमक आउन लागेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आउदो १७ देखि १९ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको बृहत साहित्यिक संगोष्ठिको उद्घाटनमा उनि दमक आउन लागेका हुन् । प्रदेश नम्बर एक स्तरीय गोष्ठि हुनेछ ।

यहाँ बिभिन्न आदिबासी जाती, यहाँको पहिचान लगायतका बिषयमा कार्यपत्रहरु प्रस्तुत हुने भएकाले यो कार्यक्रमलाइ महत्वपुर्ण रुपमा हेरिएको र यो दमकका लागि ठुलो अवसर भएको प्राज्ञ प्रतिष्ठान दमकका अध्यक्ष हेम अधिकारीले बताए ।

यसको तयारी शुरु भएसकेको उनले जनाए । हामी यसलाइ भब्यताका साथ सम्पन्न गर्नका लागि तयारीमा जुटिसकेका छौ, उनले भने ।

यो दमकलाइ चिनाउने एउटा अवसर पनि हुनेछ, उनले भने ।

दमक नगरपालिकाको नयाँ भवन उद्घाटन

यसैबीच प्रधानमन्त्री ओली दमक आउने भएपछि नयाँ भवनको उद्घाटनको तयारी पनि शुरु भएको जनाईएको छ ।

नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाका अनुसार कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम पनि तय गर्न लागिएको छ ।

यसभन्दा अगाडि नै ओली आउने र भवन उद्घाटन गर्ने तयारी गरिएको थियो । अन्तिम समयमा ओलीको कार्यक्रम स्थगन भएको थियो ।