विष्णुप्रसाद पोखरेल

दमक/यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा झापामा रहेर काम गर्दै आएको लिड नेपालकी झापा जिल्ला कार्यक्रम संयोजक नुमा लिम्बु (चञ्चला) सुब्बाले अहिले पनि भेदभाव एवं लाञ्छना भोग्दै आउनु परेको बताउनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकलाइ मुख्य केन्द्र बनाएर काम गरिरहदा यहाँ पनि थुप्रै समस्याहरु रहेको उहाँले बताउनु भयो । आफुहरुले सार्वजनिक शौचालय बनाउदा तेस्रो लिड्डीहरुलाइ समेत समेटर बनाउनु पर्ने बताएपनि यसमा कसैको चासो नगएको उहाँले जनाउनु भयो ।

दमक नगरपालिकामा आफुहरुले सार्वजनिक शौचालय बनाउदा महिला, पुरुष र तेस्रो लिड्डिलाइ समेत समेटर बनाउन माग गरेको भएपनि अहिलेसम्म त्यसतर्फ ध्यान नगएको सुब्बाले जनाउनु भयो । सरकारी निकायहरुले हाम्रा विषयलाइ त्यतिधेरै गम्भिरता लिएको देखिदैन, सुब्बाको भनाइ छ ।

अहिले आफुहरुसंग समाजका ३५ सय भन्दा बढि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरु सम्पर्कमा आएको र अहिले पनि धेरैलाइ खुल्न समस्या भएको उहाँको भनाइ छ । पहिलाभन्दा लाञ्छना र भेदभावमा कमी भएपनि हामी अझै स्वतन्त्रता पुर्वक हिडडुल गर्न पाएका छैनौ, सुब्बाले भन्नुभयो ।

बिभिन्न निकाय र संयन्त्रमा तथा निर्णय प्रक्रियामा सहभागि नगराइने समस्या यहाँ रहेको सुब्बाको भनाइ छ । हामीलाइ रोजगारको अवसर छैन र रोजगार भइरहेको ब्याक्तिलाइ समेत थाहा पाएर निकाल्ने गरिएको छ, सुब्बा बताउनुहुन्छ ।

पढाइमा र अस्पतालमा भेदभाव रहने गरेको पनि जनाईएको छ । सामाजिक लाञ्छना र दूब्र्यवहार नहोस भन्ने चाहेपनि यो नभएको उहाँको भनाइ छ । मुलुकी देवानी (संहिता) ऐन २०७४ को दफा १७ मा प्रत्येक नागरिक कानूनको दृष्टिमा समान हुने विषय उल्लेख गरिएको छ ।

यसैगरी दफा १८ मा भेदभाव गर्न नहुने उल्लेख गरिएको छ, दफा ३० मा प्रत्येक व्यक्तिले जन्मनासाथ व्यक्तिको रुपमा मान्यता पाउने र कानून बमोजिमको अधिकार उपभोग गर्न पाउने उल्लेख गरेको छ ।

एक आपसमा ब्ल्याकमेल

यसैगरी सुब्बाका अनुसार एकआपसमा ब्ल्याकमेल गर्ने क्रम समेत बढ्दै गएको छ । नखुलेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुसंग सम्पर्क स्थापित गर्ने र राजिखुसि घुमघाम गरेर फोटो खिचाएर ब्ल्याकमेल गर्ने गरेका उजुरी तथा गुनासो आफुहरुसंग आउने गरेको सुब्बाले बताउनु भयो ।

सहमतिमा सबै प्रकारका सम्बन्ध राखेकाहुन्छन् र पछि ब्लाकमेल भएका उजुरीहरु परेकाछन्, सुब्बाले भन्नुभयो । आफुहरुले दुइ पक्षलाइ राखेर मिलाइदिने गरेको पनि उहाँले बताउनु भयो ।