दमक/नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आउदो १७ गते झापाको दमक आउने भएकाछन् ।

बृहत साहित्यिक कार्यक्रममा सहभागि हुन उनि दमक आउने लागेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज दमक नगरपालिकाको कार्यापालिकाको बसेको बोर्ड बैठकले सोहि दिन प्रधानमन्त्री ओलीबाट नयाँ प्रशासनीक भवन उद्घाटन गर्ने निर्णय समेत गरेको छ ।

दमकमा १७ देखि १९ गतेसम्म त्रिदिवसीय बृहत बाङ्मय सङ्गोष्ठी हुँदैछ ।

नेपाल प्राज्ञ प्रतिष्ठान र दमक प्राज्ञ प्रतिष्ठानले कार्यक्रम गर्न लागेका हुन् ।

नगरपालिकाको आज बसेको बैठकको निर्णय नं. १ यस्तो छ

दमक नगर कार्यपालिकाको नया प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भैसकेकोले सो भवन यही २०७५ साल चैत्र १७ गतेका दिन समुद्घाटन गरिदिन सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्यूलाई अनुरोध गर्ने ।

समुद्घाटन पश्चात नगर कार्यपालिकाको कार्यालय उक्त भवनमा संचालन गर्ने ।

सास्कृतिक कार्यक्रम पनि

प्रधानमन्त्री ओली सामुन्ने यस क्षेत्रका आदिबासी सुमदायको पहिचान र महत्वलाइ समेत प्रर्दशन गर्ने तयारी रहेको दमक प्राज्ञ प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले बताए । उनका अनुसार यसको तयारी र जिम्मेवारी समेत प्रदान गरिएको छ ।