विष्णुप्रसाद पोखरेल दमक/झापाका प्रमुख जिल्ला अधिकारीको पहलमा झापालाइ पहाडबाट हटाइएको छ । होली पर्वको बिदाको सन्दर्भमा पहाडमा भोली बुधबार दिने क्रममा झापा जिल्ला पनि समावेश रहदा अन्योल सिर्जना भएको थियो । दिनभर प्रमुख जिल्ला अिधकारी जनकराज दाहालले गृहमन्त्रालयमा सम्पर्क गरेर र झापामा सरोकारवालाहरुसंग समेत छलफलपछि विहिबार बिदा दिनका लागि पहलकदमी गरेका थिए ।

निरन्तर केहि दिन यता बिदाको बिषयमा झापामा ठुलो बहस चलेको थियो । जिल्ला प्रशासन कार्यालय झापामा केहि संघसंस्था तथा समुहले ज्ञापनपत्र समेत बुझाएका थिए । अबेरसम्म बिदाको बिषयमा स्पष्ट धारणा नआएका कारण स्थानीय सरकारहरु समेत अन्योलमा परेकाले केहि स्थानीय सरकारको हैसियतमा भोली सरकारको बिदा र पर्सि आफ्नै तवरले सार्वजनिक बिदा घोषणा गरेका थिए । साँझ जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले ६ गते झापा जिल्लाको सार्वजनिक बिदा कटौती भएको र ७ गते बिदा कायम भएको सामाजिक सञ्जाल फेसबुकमा हालेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस लगत्तै कमल गाँउपालिकाले आफ्नो आधिकारीक फेसबुक पेजमा भोली गाँउपालिका खुल्ने र पर्सि बिदा भएको लेखेको थियो । भद्रपुर नगरपालिका, झापा गाँउपालिका लगायतले भोली सरकारको बिदा र पर्सि स्थानीय बिदा दिइसकेका थिए । सरकारले तीनबर्षदेखि झापा जिल्लालाई तराईसँग अलग्याएर होली पर्वको सार्वजनिक बिदा दिन थालेपछि यसको चर्को बिरोध हुँदै आएपनि यो सच्चिन सकेको थिएन । दुबैदिन प्राय कार्यालयहरु बन्द रहने गरेका थिए ।