विष्णुप्रसाद पोखरेल दमक/झापामा अब्वहारीक रुपमा आज ( बुधबार) पहाडि जिल्लासंगै झापामा केहिबर्ष यता सार्वजनिक बिदा सरकारले कायम गरिएकोमा यो यसबर्षबाट बल्ल हटाईएको छ । झापालाइ बिदाको सन्दर्भमा पहाडबाट हटाइएको छ । होली पर्वको बिदाको सन्दर्भमा पहाडमा बुधबार दिने क्रममा राजपत्रमा यो दिन बिदा हुनेमा झापा पनि परेपछि अन्योल थियो ।
मंगलवार दिनभर प्रमुख जिल्ला अिधकारी जनकराज दाहालले गृहमन्त्रालयमा सम्पर्क गरेर र झापामा सरोकारवालाहरुसंग समेत छलफलपछि विहिबार बिदा दिनका लागि पहलकदमी गरेका थिए ।
निरन्तर केहि दिन यता बिदाको बिषयमा झापामा ठुलो बहस चलेको थियो । जिल्ला प्रशासन कार्यालय झापामा केहि संघसंस्था तथा समुहले ज्ञापनपत्र समेत बुझाएका थिए ।
अबेरसम्म बिदाको बिषयमा स्पष्ट धारणा नआएका कारण स्थानीय सरकारहरु समेत अन्योलमा परेकाले केहि स्थानीय सरकारको हैसियतमा भोली सरकारको बिदा र पर्सि आफ्नै तवरले सार्वजनिक बिदा घोषणा गरेका थिए ।
साँझ जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले ६ गते झापा जिल्लाको सार्वजनिक बिदा कटौती भएको र ७ गते बिदा कायम भएको सामाजिक सञ्जाल फेसबुकमा हालेका थिए ।
त्यस लगत्तै कमल गाँउपालिकाले आफ्नो आधिकारीक फेसबुक पेजमा भोली गाँउपालिका खुल्ने र पर्सि बिदा भएको लेखेको थियो । भद्रपुर नगरपालिका, झापा गाँउपालिका लगायतले भोली सरकारको बिदा र पर्सि स्थानीय बिदा दिइसकेका थिए ।
सरकारले तीनबर्षदेखि झापा जिल्लालाई तराईसँग अलग्याएर होली पर्वको सार्वजनिक बिदा दिन थालेपछि यसको चर्को बिरोध हुँदै आएपनि यो सच्चिन सकेको थिएन । दुबैदिन प्राय कार्यालयहरु बन्द रहने गरेका थिए ।











