काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज नवौं स्मृति दिवस । २०६६ चैत ७ गते उनको निधन भएको थियो ।चारपटकसम्म मुलुकका प्रधानमन्त्री बन्न सफल कोइराला संघीय लोकतान्त्रिक गणतन्त्रका नायकका रूपमा परिचित छन् । नेपाली कांग्रेस तथा अन्य विभिन्न संघसंस्थाले उनको स्मृतिमा देशका विभिन्न स्थानमा र विदेशमा रहेका नेपालीह?ले पनि विधिध कार्यक्रमको तयारी गरेका छन् ।
जीवनको उत्तराद्र्धमा कम्युनिस्टह?सँग सहकार्य गरेर नेपालबाट राजतन्त्र फाल्न सफल कोइरालाको नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भएको थियो । १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाबाबुले नै गरेका थिए ।
०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिीट विरोधी भनेर चिनिने गिरिजाप्रसादले २०६२ सालमा कम्युनिष्टसँग हातेमालो गरेर अगाडि बढेका थिए । युद्धकालमै माओवादीसँग राजतन्त्रवि?द्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत उनको कडा आलोचना भयो, तर गिरिजाप्रसादको व्यक्तित्वका अगाडि त्यो आलोचना छायाँमा रह्यो ।
कोइरालाको नेतृत्वमा २००४ सालमा नेपाल मजदुर कांग्रेसको स्थापना भयो । अहिले त्यसलाई नेपाल ट्रेड युनियन कांग्रेसको रूपमा चिनिने गरेको छ । २००८ सालमा गिरिजाप्रसाद नेपाली कांग्रेस मोरङ सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासनको स्थापना हुनु पूर्वसम्म मोरङ सभापतिमा रहिरहे ।
करिब ६ वर्ष जेल जीवन विताएका रिहाई भएपछि भारतमा निर्वा्सित भएका उनले मेलमिलापपछि गिरिजाप्रसाद २०३५ सालमा नेपाल फर्किएका थिए । उनी २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री भएका थिए । २०५३ सालदेखि मृत्यु नहदाँसम्म लगातार कोइराला पार्टी सभापति भएका थिए । लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि उनको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित छ , मेडिया एनपी बाट










