दमक÷ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका सबै स्थानीय तहहरु एमालेलाई जिताउनका अभियान शुरु गरिएको छ । ओली निर्वाचित क्षेत्र झापाको क्षेत्र नं. ७ सहित झापाभर घरदैलो अभियान शुरु भएको हो । संबिधान कार्यन्वयनका लागि जनपरिचालन अभियान शुरु भएपछि अन्य राजनीतिक दलहरु त्रसित भएकाछन् । स्थानीय तहमा आफ्नो पकड राख्न र झापाका सबै स्थानीय तह जित्नका लागि एमालेले जनताको घरदैलो जाने अभियान चालेको हो । नेकपा एमाले झापाका अध्यक्ष चीन्तन पाठकका अनुसार स्थानीय तहको निर्वाचनमा झापा जिल्ला एमालेको लाल किल्ला बन्नेछ । नेकपा एमालेका केन्द्रिय सदस्य हिक्मत कार्कीका अनुसार मेची अञ्चल नै एमालेमय बनाउने अभियान शुरु भएकाछन् । स्थानीय तह सबै जित्ने गरी पार्टी कमिटिहरु लागि परेको उनले बताए । यो सम्भव भएको समेत कार्की बताउछन् । फागुण २१ गते झापामा जनसागर उतार्नका लागि समेत संगसंगै तयारी छ । यसैबीच २१ गते झापाको काकडभिट्टाबाट शुरु हुने मेची महाकाली अभियानबारे झापाको दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । नेकपा एमाले झापा क्षेत्र नं. ७ ले गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले प्रदेश नं. १ का सदस्य देबेन्द्र दाहालले संबिधानको बिषयमा भएका भ्रम र मधेशमा एमालेप्रति लगाइएको लाञ्छना यसले हटाउने अपेक्षा गरिएको छ । काकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा हुनेछ । तिन वटै आमसभा २१ गते नै हुनेछन् । तयारीको बिषयमा क्षेत्रिय अध्यक्ष बोधराज न्यौपाने, क्षेत्रिय इन्जार्च होमबाहादुर थापा लगायतले जानकारी दिएका थिए ।
ओलीको गृह जिल्लामा यसरी तयारी गरिदैछ जनसागर उतार्न
सवाल नेपालसंवाददाताबिहीबार, १७ फागुन २०७३

ओलीको गृह जिल्लामा यसरी तयारी गरिदैछ जनसागर उतार्न
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



