दमक/झापाको अर्जुनधारा निवासी नेकपाका नेता रामकुमार आछामीको सवारी दुर्घटनामा ज्यान गएको छ ।

मोरङको कानेपोखरीमा टाटा सुमो र लरीको दुर्घटना भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना आज बिहान ४:३० मा भएको थियो ।

काठमाण्डौँबाट रिजर्भमा झापा तर्फ जाँदै गरेको बा ११ च ७९४८ नम्बरको टाटा सुमोले सोही दिशातर्फ गइरहेको लरीलाई ठक्कर अछामीको मृत्यु भएको हो ।

आछामी काठमण्डौबाट झापातर्फ आइरहेका थिए । घटनाको बिषयमा विस्तृत विवरण भने आएको छैन ।