दमक/मोरङको कानेपोखरीमा भएको दुर्घटनामा झापाका दुइजनाको ज्यान गएको बताईएको छ ।

आज विहान टाटा सुमो र लरीको दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टाटा सुमोले लरीलाई पछाडीबाट ठक्कर दिएको र एकजनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीको भनाइ छ।

अर्का एकको उपचारको क्रममा ज्यान गएको थियो ।

काठमाण्डौँबाट झापा आँउदै गरेको बा ११ च ७९४८ नम्बरको टाटा सुमोले सोही दिशातर्फ गइरहेको लरीलाई ठक्कर दिदा गौरादह घर भएका प्रकाश मगर र अर्जुनधारा घर भएका रामकुमार अछामीको मृत्यु भएको हो ।

आछामी नेकपा झापाका नेताहुन् । बाँकी ६ जना घाइतेको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।