दमक/नेपाली काँग्रेसका नेता एवं नव गठित अनुशासन समितिका संयोजक भीष्मराज आङ्गदेम्बेले ३६४ दिन काँग्रेस हुने र चाहिने दिन अन्यत्र मोडिनेको बिषयमा अब गुट उपगुट नहेरी कार्वाहीको दायरामा ल्याउन कोशिस गरिने बताएकाछन् ।

उनले पार्टीको हित बिपरीतका गतिबिधिहरु बढेको जनाउदै यसलाइ सुधार ल्याउनका लागि आग्रह गरे । उनले कसैको साथ लागेर पार्टी हित बिपरीत लाग्नेलाइ अनुशासनको दायरामा ल्याउन आवश्यक भएको भन्दै यस्तो बताएकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार झापाको दमकमा प्रेस युनियत माइपश्चिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीमा योगदान नदिने र सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा गालि गर्ने क्रम मौलाएकोमा दुख माने ।

फेसबुक र ट्विटरमा बसेर सत्तोसराप गर्नेलाइ अब बिधिमा ल्याउनुपर्छ र यसमा सबैको साथको अपेक्षा रहेको छ, उनले भने । सकेसम्म सहमति, सहकार्य र विश्वासले नै पार्टीलाइ बजबुद बनाउनु पर्नेमा उनले जोड दिए ।

अनुशासन समितिले अब तत्कालै देखि आफ्नो काम प्रारम्भ गर्ने बताउदै उजुरीहरुलाइ सुक्ष्म रुपमा नियाल्ने समेत बताएकाछन् । उनले यसमा पार्टीका सबैको साथ र सहयोग आवश्यक पर्ने पनि बताए ।

नेता नजिक हुने र च्यापिने परम्पराको अन्त्य गर्नका लागि लाग्ने पनि उनले प्रतिबद्धता जनाएकाछन् । उनले पार्टीका नेता कार्यकर्तासंग भन्दा अन्यत्र रमाउने संस्कार त्याग्न भन्दै यसमा सचेत गराए ।

कार्यक्रम प्रेस युनियनका माइपश्चिम अध्यक्ष बिष्णु सुब्बाको सभापतित्वमा कार्यक्रम भएको थियो