विष्णुप्रसाद पोखरेल

दमक/प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल राष्ट्रिय विकास परिषद नेपालको देशभरबाट २५ जना ब्याक्ति नियुक्तिको क्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी पनि परेकीछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देशभरका केहि नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाँउपालिकाका अध्यक्ष वा उपाध्यक्षहरु सहित बिभिन्न राष्ट्रिय सघसंगठनबाट यसमा मनोनित हुने गरेको पाईएको छ ।

काठमण्डौ महानगरका मेयर बिद्यासुन्दर शाक्य, भरतपुर महानगरकी मेयर रेणु दाहाल, बिराटनगर महानगरका मेयर भीम पराजुली, बीरगन्ज महानगरका मेयर बिजय सरावगी लगायतसंगै दमक नगरपालिकाकी उपमेयर अधिकारी पनि परिषदमा मनोनित भएकीहुन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायत जिसस महासंघ अध्यक्ष सीता सुन्दास, नेपाल नगरपालिका संघ अध्यक्ष अशोक ब्याजु लगायत २५ जना मनोति भएकाहुन् ।

परिषदको बैठक आउदो चैत २० र २१ गते काठमण्डौमा बोलाईएको पनि राष्ट्रिय योजना आयोगले जनाएको छ । गत चैत ८ गते राष्ट्रिय योजना आयोगका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको बताइन्छ ।

नेपाल राष्ट्रिय विकास परिषद नेपाल सरकारको विकास योजनाको लागि एउता महत्वपूर्ण अंग हो । यस परिषदले 'राष्ट्रिय प्लानिंग' लाई आर्थिक नीति तय गर्न र राष्ट्रको सिघ्र सन्तुलित विकास पक्का गर्न दिशानिर्देश गर्दछ । प्लानिंग कमिसन नेपाल यसको कार्यकारिणी समिति हो।