संसारकै उत्कृष्ट एयरपोर्ट बन्नका लागि कस्तो विशेषता आवश्यक छ ? उच्च प्रविधी ? मिलनसार कर्मचारी ? समय बिताउन सहज वातावरण ? वा अन्य कुनै । स्काइट्र्याक्स वर्ल्ड एयरपोर्ट अवार्डका अनुसार संसारकै उत्कृष्ट एयरपोर्ट हुनका लागि सुधारका लागि निरन्तर प्रयास, केही नयाँ गर्ने जोश र जाँगर हुनुपर्छ ।
र सन् २०१९ का लागि, लगातार सातौं पटक, सिंगापुरको चाङ्गी एयरपोर्ट संसारको सबैभन्दा उत्कृष्ट एयरपोर्ट बन्न सफल भएको छ । ‘लगातार सात वर्षदेखि संसारको सबैभन्दा उत्कृष्ट एयरपोर्टको रुपमा सूचीकृत हुनु चाङ्गी एयरपोर्टका लागि निकै ठूलो उपलब्धि हो । यो एयरपोर्ट अन्तरराष्ट्रिय हवाई यात्रुमाझ निकै चर्चित भएकाले यो अवार्डको लगातार हकदार भइरहेको छ,’ स्काईट्र्याक्सका कार्यकारी अधिकारी एड्वार्ड प्लेस्टेडले भने ।
यो पुरस्कार बुधबार आयोजित प्यासेन्जर टर्मिनल एक्सपो २०१९ मा घोषणा गरिएको हो । बेस्ट अफ द बेस्टः
सिंगापुरको चाङ्गी एयरपोर्ट आफ्नो रुफटप स्विमिङ पूल, दुईवटा २४ घण्टे फिल्म हल र सपिङ स्पटका लागि चर्चित छ ।
दोस्रो स्थानमा टोकियो अन्तरराष्ट्रिय विमानस्थल (हानेदा) परेको छ । गत वर्षको तुलनामा यो एक स्थान माथि उक्लेको हो । यो एयरपोर्टले संसारकै उत्कृष्ट आन्तरिक विमानस्थल र संसारकै सफा एयरपोर्टको उपाधि जितेको छ ।
यस्तै, इन्चन इन्टरनेशल एयरपोर्ट तेस्रो स्थानमा परेको छ । गत वर्षको तुलनामा यो एक स्थान तल झरेको हो ।
सन् २०१९ का लागि उत्कृष्ट एयरपोर्ट यसप्रकारका छन्ः
१. सिंगापुर चाङ्गी एयरपोर्ट ––सिंगापुर
२. टोकियो इन्टरनेशनल एयरपोर्ट –– टोकियो, जापान
३. इन्चन इन्टरनेशनल एयरपोर्ट–– सियोल, दक्षिण कोरिया
४. हमाद इन्टरनेशनल एयरपोर्ट –– दोहा, कतार
५. हंगकंग इन्टरनेशनल एयरपोर्ट –– हंगकंग
६. सेन्ट्रल जापान इन्टरनेशनल एयरपोर्ट –– बे अफ इस, जापान
७. म्युनिच एयरपोर्ट – म्युनिच, जर्मनी
८. लण्डन हिथ्रो एयरपोर्ट –– लण्डन, यूके
९. नरिता इन्टरनेशनल एयरपोर्ट –– टोकियो, जापान
१०. ज्यूरिच एयरपोर्ट –– ज्यूरिच, स्विटजरल्याण्ड










