दमक/ दमकको सुरक्षा ब्यवस्था अत्यन्त कडा बनाईएको छ ।
आइतवार प्रधानमन्त्री केपी शर्मा ओली झापाको दमक आउने कार्यक्रम तय भएको छ ।
आफ्नो गृह नगर झापामा ओली आइतवार र सोमबार रहने भएपछि यहाँ कडा सुरक्षा ब्यवस्था मिलाइएको पाईएको हो ।
सुरक्षा श्रोतका अनुसार सबै सुरक्षा निकायहरु परिचालित भएकाछन् ।
ओलीले आइतवार दमक नगरपालिकाको नव निर्मित प्रशासकीय भवन र बृहत साहित्यक कार्यक्रमको उद्घाटन गर्नेछन् ।











