दमक/ झापा दमकमा मुख्य कार्यालय रहेको कन्काइ विकास बैकबाट एकलाख रुपिया भनेर लगिएको गड्डीमा तीन हजार कमी भएको गुनासो आएको छ । ं

एकहजारको दरका नोट भएको एउटा एकलाखको भनेर लगिएको गड्डीमा ३ हजार कम भएको र यस बिषयमा कुरा राख्दा बैकले वेवास्ता गरेको समेत बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक ८ को एजि मनि ट्रान्सफरका प्रोपाइटर विनोद पाण्डेका अनुसार स्थानीय गोल्डेनगेट सहकारीको चेक अनुसार ९ लाख ९० हजार लगिएकोमा एउटा एकलाखको गड्डीमा ३ हजार कम पाईएको हो । मनि ट्रान्सफरका कैलाश खड्काले पैसा लगेका थिए ।

बैकको क्यासियरले पनि नगनि रकम दिएको र लिने समेत नगनी लगेको बैकको सिसि क्यामेरा फुटेजमा देखिएको थियो । बैकले दिएको उक्त गड्डीमा बैकले रुजु गरेको हस्ताक्षर तथा छाप नरहेको पनि भेटिएको छ । अन्य सबै गड्डीहरुमा बैकले रुजु गरेर ट्याग लगाएको पाईएको छ ।

बैकको सिसि क्यामेरामा रेकर्ड भएको फुटेजमा पनि ट्याक नभएको देखिएको तर बैकले यसमा आफुहरु जवाफदेहि हुन नसक्ने बताएको पाण्डेले जनाए । बैकले चित्तबुझ्दो रुपमा जवाफ नै दिन सकेन, उनले भने ।

बैकका सूचना अधिकारी भेषराज भुजेलले ट्याग छुटनु कमजोरी भएको बताए । गनिएर राखिएको रकम दिएको जनाउदै काउण्टरमा नै गन्दा कम भएर ग्राहकले कुरा राखेको भए त्यसमा आफुहरु जवाफदेही रहने उनको भनाइ थियो । काउण्टरबाट निस्केपछि पछिआएर उहाँहरुले कम भयो भनेर भन्दा हामी के गर्नसक्छौ र ?, भुजेलले भने ।