दमक/दूइबर्ष अघिदेखि बाँसको खोर बनाएर राखिएका एक ७ बर्षिया बालकको उद्धार गरेर उपचार शुरु गरिएको छ । कमल ६ का ७ बर्षिय योरिस शिवाकोटीलाइ कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्ले, वडाध्यक्ष नरेन्द्र भट्टराइ र सवाल नेपालको टोलीले उद्धार गरेको हो ।

शिवाकोटीलाई उपचारका लागि दमक फार्मेसीमा मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेललाइ देखाइएको छ । पोखरेलले एक महिना औषधि सेवन गरेपछि ठिक हुने जनाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकमहिनापछि केहि जाँचहरु गर्नु पर्ने जनाउदै केहिदिन देखि नै औषधिले काम गर्न थाल्ने बताए । दमक फार्मेसी सञ्चालक ध्रुव सुवेदीले योरिसको जाँच र औषधि निशुल्क रुपमा गरिदिएकाछन् ।

उनले एकमहिनाको औषधि उपलब्ध गराउदै थप आवश्यक परेको औषधि पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए । बालकले गाँउपालिका अध्यक्ष काफ्लेको घडि हेरेपछि तत्कालै दमकमा घडि किनेर पनि दिएकी थिइन् ।

उनले बालकको उपचार र आवश्यक परे पुर्नस्थापना गर्न समेत सहयोग गर्ने प्रतिबद्धता जनाइन् । गाँउपालिकाले तत्काल चासो देखाएर उद्धार गरेर स्थानीय सरकार भएको अनुभुत गराएको स्थानीयले बताएकाछन् ।

हेर्नुहोस भिडियो