दमक/प्रधानमन्त्री केपी शर्मा ओलीको दमक र आसपासको क्षेत्रमा हुने कार्यक्रमको तयारीहरु तिब्र रुपमा भएकाछन् ।

दमक नगरपालिकामा बिभिन्न सुरक्षा निकायहरुको बैठक समेत बसेको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक र आसपासको क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारिएको सुरक्षा श्रोतले जनाएको छ ।

भोली आइतवार ओली दमक आउदैछन् । भोली दमकमा र पर्सि गौरादहमा कार्यक्रम रहेको बताइन्छ ।

नगरपालिकाको नयाँ प्रशासनिक भवन र पशुहाट बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भोली नै बृहत प्रदेशस्तरीय संगोष्ठिको समेत उद्घाटन हुनेछ ।