आइतबार साँझ आएको हावाहुरीबाट तराई क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बारामा मात्र २७ जनाको मृत्यु भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले २७ जनाको ज्यान गएको बताए । पर्सामा एकजनाको मृत्यु भएको भेटिएको एसपी रेवती ढकालले जानकारी दिए । तराईका बारा, पर्सा र रौतहटमा गरी करिब ५सय घाइते छन् । घाइतेको उपचार गर्न अस्पताल र स्वास्थ्य संस्थाको सामथ्र्यले नभ्याएको समाचार छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हावाहुरीका कारण बिजुलीको पोल ढलेकाले विद्युत आपूर्ति अवरुद्ध भएको छ । घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल र वीरगञ्ज हेल्थ केयर तथा नेशनल मेडिकल कलेज लगायतमा उपचार भइरहेको छ ।