विष्णुप्रसाद पोखरेल दमक/झापाका सडकहरुमा पशुचौपायालाइ चरम यातना दिएर ओसारपसार भएपनि प्रशासन मुकदर्शक बनेर बसेको पाईएको छ ।

सर्वोच्च अदालतको फैसला र पशुचौपाया ओसारपसार सम्बन्धि मापदण्ड बिपरीत साँघुरो गाडिमा चौपायाहरुलाइ चरम यातना सहित कोचाकोच रुपमा राजमार्गमा निर्वाध रुपमा कुद्ने गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा बुधबार पशुहाट लाग्ने गर्छ । यहाँबाट मुख्य राजमार्ग हुँदै सिमनासम्म पशुहरु लगिदा दमक सहित बीचमा प्रहरी कार्यालय र बिटहरु झण्डै एकदर्जन रहेकाछन् ।

तर कहि पनि यस्ता सवारी रोकिदैन ।

एउटा सानो साघुरो एउटामात्र मुश्किलले गाइबस्तु आँटने गाडिमा ४ देखि ५ वटा सम्म हालेर निर्वाध रुपमा कुदेको पाईएको छ ।

आज बुधबार पशुहाटमा कोचाकोच रुपमा बस्तुभाउ कोच्दै गरेको देख्न सकिन्छ ।

यो इलाका प्रहरी कार्यालय दमकबाट मुश्किलले ४ सय मिटर दुरीमा रहेको छ । यहाँ ट्राफिक प्रहरी र नेपाल प्रहरीको बाक्लै उपस्थिति समेत रहने गर्छ ।

आखिर किन यस्तो छ ? झापामा यस्तो छुट हो ? प्रश्न उठेको छ ।

पशु ढुवानी मापदण्ड ०६४ अनुसार पशुलाई क्रुरतापूर्वक ढुवानी गर्न पाइँदैन।

०६४ को मापदण्डविपरित राँगा–भैंसी तथा खसी–बोका ढुवानी गरे ५ हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था छ।