विष्णुप्रसाद पोखरेल/दमक/झापाको दमक ३ मा कुपीको आगो सल्केर गम्भिर घाइते भएका एक ११ महिने बालकको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । स्थानीय मानबहादुर र ममता भुजेलका ११ महिनाका बालक कुपीको आगो सल्केर एकसाता अघि गम्भिर घाइते भएका थिए ।
आमाबुबा घरको काममा ब्यस्त रहेको समयमा बालकले कुपी चलाएको र पल्टदा सलेदो सल्केर बालकको शरिर डढेको बताईएको छ । उपचारका लागि बिभिन्न अस्पताल भौतरदा कहि पनि नभएपछि दमकस्थित लाइफ लाइन अस्पतालमा बालकलाइ भर्ना गरिएको पाइएको छ ।
बालककी आमा ममताका अनुसार धरान र बिराटनगर लैजदा काठमण्डौ लैजान भनेपछि नसकेर घर नै ल्याईएको थियो । बालकको उपचार नभएको नगरपालिकामा कुरा आएपछि दमक अस्पताल र त्यसपछि लाइफलाइन ल्याइएको बताइन्छ ।
बालक डढेको ४ दिनपछि यहाँ ल्याइएको र अहिले बालकको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको लाइफलाइन अस्पतालका डा. समिर भट्टराइले बताए । उनका अनुसार बालक खतरामुक्त रहेकाछन् र घाँउहरुमा सुधार आएको छ । शरिरको २० प्रतिशतभन्दा बढि भाग बालकको डढेको छ ।
बाल रोग विशेषज्ञ डा. रजनिश मिश्रका अनुसार बालकमा धेरै सुधार आएको छ र सुक्ष्म निगरानीमा राखेर उपाचार भइरहेको छ । मिश्रका अनुसार ढिला गरी ल्याइएका कारण घाँउ निक्कै फैलिसकेको थियो ।
अस्पतालका प्रशासक सिम्रिक गिरीका अनुसार बालकको उपचार निशुल्क गर्ने ब्यवस्था मिलाईएको छ । अस्पतालले उपचारमा कुनै कमी हुन नदिने पनि गिरीले बताए ।
सहयोगको खाँचो मजदुरी गर्ने यो परिवार आर्थिक समस्यामा रहेको छ । बालकलाइ प्रोटिन लगाएका पोसिला खानेकुरा चिकित्सकहरुले ख्वाउन सल्लाह दिएकाछन् । उपचारमा अस्पतालले सहयोग गरेपनि अन्य सहयोगको पनि खाँचो रहेको छ ।











