दमक/प्रदेश नं. १ सरकारको मन्त्री परिषद बैठकले पारा र पर्साका हावाहुरीबाट पीडितलाइ १ करोड सहयोग गर्ने सहितका बिभिन्न महत्वपुर्ण निर्णयहरु गरेको पाईएको छ ।
हिजो बसेको मन्त्री परिषद बैठकले चैत्र १७ गते प्रदेश नम्बर २ का वारा र पर्सामा भएको हावाहुरिका कारण भएको जनधनको क्षती प्रती गहिरो दुख ब्यक्त गर्दै, मृतक प्रती श्रद्धाञ्जली अर्पण गरि घाईतेहरुको शिग्र स्वास्थलाभको कामना गर्दै बिपद ब्यवस्थापन गर्नका निम्ति १ करोड आर्थिक सहयोग गरिएको निर्णयमा बताईएको छ ।
मिति २०७५ साल चैत्र २१ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, बिराटनगरमा बसेको प्रदेश सरकार मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु:-
१) गाउँ तथा नगर सभाका सदश्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ लाई सम्सोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरिएको छ।
२) जिल्ला सभा र जिल्ला समन्वय समितिका सदश्यहरुको सुविधा सम्बन्धि ऐन,२०७५ लाई सम्सोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
३) प्रदेश शासकीय सुधार एवम सुदृढीकरण सहयोग परियोजना सम्बन्धमा।
४) सार्वजनिक निजि साझेदारी तथा लगानी प्राधिकरण विधेयक,२०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
५) बृहत्तर बिराट बिकास क्षेत्र सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक,२०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमती प्रदान गरिएको छ।
६) दोश्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला ब्यवस्थापन मुल सहयोग समिती प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको सम्योजकत्वमा गठन गरिएको छ।उक्त मेलाका लागि रु. ५० लाख सहयोग गरिएको छ।
७) प्रदेश प्रहरीको गठन, सेवा शर्त र सन्चालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक,२०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
८) संघ सम्स्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि,२०७५ स्वीकृति प्रदान गरिएको छ।
९) चैते धान विशेष सहयोग कार्यक्रम कार्यविधी,२०७५ स्वीकृति प्रदान गरिएको छ।
१०) चैत्र १७ गते प्रदेश नम्बर २ का वारा र पर्सामा भएको हावाहुरिका कारण भएको जनधनको क्षती प्रती गहिरो दुख ब्यक्त गर्दै, मृतक प्रती श्रद्धाञ्जली अर्पण गरि घाईतेहरुको शिग्र स्वास्थलाभको कामना गरिएको छ। साथै उक्त बिपद ब्यवस्थापन गर्नका निम्ति १ करोड आर्थिक सहयोग गरिएको छ।
- मा. हिक्मतकुमार कार्की,
प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री,
प्रदेश सरकार











