विष्णुप्रसाद पोखरेल दमक/ दमकस्थित लाइफलाइन अस्पतालमा एक अपाड्डता भएकी महिलाको पाठेघर नजिक डिम्बासयमा रहेको ४ केजी तौलको ट्युमर निकालिएको अस्पतालले जनाएको छ ।

बोली नआउने पाँचथरको मिक्लाजुड्ड ४ की सानिमाया मुखियाको डिम्बासयमा रहेको ट्युमर बढ्दै गएपछि यो अवस्था आएको उपचारमा संलग्न महिला रोग बिशेषज्ञ डा. सीता राइले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिरामीका आफन्तले बताए अनुसार खान अरुचि हुने, दुख्ने, लगायतका समस्याहरु सांकेतिक रुपमा बताउन थालेपछि जाँच गर्दा ट्युमर रहेको पाईएको थियो । पेट फुलेर मुखियाको ठुलो भएको थियो ।

सानो ट्युमरहरु औषधि खाएर पनि जाने भएपनि ठुलो भएपछि शल्यक्रियाको बिकल्प नहुने गरेको डा. राइले बताइन् । यो बढिमात्रामा २५ देखि ५० बर्ष उमेर समुहका लागि बढि हुने पनि उनको भनाइ छ ।

मुखियाको अवस्था अहिले सामान्य रहेको जनाईएको छ । ट्युमर निकालेपछि बिरामीले निक्कै खुसि भएर आउनेहरुलाइ सांकेतिक रुपमा आफ्नो भनाइ राख्ने गरेको जनाईएको छ ।

यस प्रकारको ठुलो ट्युमर त्यति धेरैमा नहुने डा. राइले जनाइन् । समयमा उपचार गर्न नआउदा र रोग लामो समयसम्म लुकाउदा यस्तो हुने उनको भनाइ रहेको छ ।

लाइफलाइन अस्पतालका प्रशासक सिम्रिक गिरीका अनुसार डा. सिता राइ, डा. राजेश्वरप्रसाद शाह र डा. विकास सुवेदी, एनेस्थेसिया एसिस्टेण्ड संजयकुमार यादव, अन्य स्वास्थ्यकर्मीहरु कमला राइ, लिला धिमाल, शोभा खड्का, प्रनिशा लिम्बु, लिजा बजगाइसहितको टोलीले मुखियाको ट्युमरको शल्यक्रिया गरेको थियो ।