दाङ, चैत २४ । दाङमा भर्खरै बस दुर्घटना हुँदा १४ जनाभन्दा बढी घाइते भएका छन् । बुटवलबाट महेन्द्रनगरतर्फ जाँदै गरेको लु १ ख ८६ ३० नम्बरको बस लमही नगरपालिका ३ फल्कापुरमा दुर्घटना भएको हो ।

करिब ४५ जना यात्रुहरु सवार बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नाम, ठेगाना यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । घाइते सबैको लमही अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी पोस्ट नर्तिले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सडकदेखि करीब २० मिटर तल खसेको बस दुर्घटनाबारे थप विवरण केहीबेरमै आउँदै छ ।