काठमाडौं–राप्रपाका महामन्त्री एवं संघीय संसदका सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्ने धम्की आएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आपराधिक कार्यमा संलग्नहरुले योजनाबद्ध ढंगबाट लिङ्देनलाई धम्की दिइरहेको भन्दै राप्रपाले घटनाको सन्दर्भ पैसासँग मात्रै सम्बन्धित नरहेर राजनीतिक वा अन्य कारण पनि हुन सक्ने उल्लेख गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाको मिहिन ढंगबाट छानबिन गरि पक्राउ परेका व्यक्तिबाट सत्यको उजागर गर्न, वास्तविक दोषी पत्ता लगाउन घटनाको जरासम्मै पुगेर अनुसन्धान गर्ने कार्यलाई निरन्तरता दिन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ । लिङ्देनले आफूलाई अज्ञात समूहले ५० लाख माग्दै ज्यान मार्ने धम्की आएको सामाजिक सञ्जालमार्फत दाबी गरेका थिए । त्यसपछि प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । लोकान्तर बाट साभार