काठमाडौं- काठमाडौंबाट दिल्लीका लागि उडान गर्न लागेको जेट एयरवेजको विमान दुर्घटना हुनबाट जोगिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तेल नै नभएको विमान टेकअफ गर्नै लाग्दा पाइलटले थाहा पाएपछि विमान आकस्मिक रुपमा टर्न गरेकाले जहाज दुर्घटनाबाट बचेको हो।

विमानलाई टर्न गरेर तेल हाल्न पाइलटले ल्याएका थिए।

दिउँसो ३:५० मिनेटमा दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुन जहाजलाई पार्किङ वेमा फर्काइएको थियो।

जेट एयरवेजको उडान नम्बर २६७ का क्याप्टेनले ‘टेक अफ’ गर्ने समयमा मात्रै जहाजमा तेल नभएको थाहा पाएका थिए।  तेल भरेपछि झण्डै दुई घण्टापछि केहीबेर अघि उडान भरेको छ। नेपाल लाइभ  बाट साभार