विष्णुप्रसाद पोखरेल
दोमुखा (झापा)। अधिकाँश बिकासका काम ढिला भएकाछन् । बर्षौैदेखि पुल अलपत्र बनेका समाचारहरु आइरहेकाछन् । अवस्था पनि त्यस्तै रहेको छ ।
तर झापाको माइधारदेखि दोमुखा जोड्ने सरदारे खोलाको पुल भने दुइ महिना पुग्दा निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्धारीत समय अघि नै पुल बनाएर स्थानीयले नमुना योग्य बन्न सफल भएकाछन् ।
झापा क्षेत्र नं. ४ का साँसद एलपी साँवा लिम्बुको क्षेत्र विकास कोष र स्थानीय उपभोक्ताको साझेदारीमा छोटो समयमा नै पुल बनेको हो । क्षेत्र विकास कोषको ५० लाख र उपभोक्ताबाट २ लाख ६४ हजार ४० रुपिया गरेर ५२ लाख ६४ हजार ४० रुपियाको लागतमा पुल निर्माणको अन्तिम चरणमा रहेको छ ।
२०७५ साल माघ २७ गते सम्झौता भएको पुल आगामि जेठ ३० गते निर्माण सम्पन्न गर्ने भनिएको छ । तर उपभोक्ताले निर्धारीत समय अघि नै सम्पन्नको अन्तिम चरणमा पुगेको छ ।
शुक्रबार साँसद एलपी साँवा सहितको टोलीले पुलको अनुगमन गर्दै आवश्यक सुझाव समेत दिएको छ । साँवाले भने, गर्दा हुँदो रहेछ भन्ने कुरा यो योजनालाई हेरेपुग्छ ।
उपभोक्ता समिति अध्यक्ष नन्दप्रसाद रायाले केहि प्राविधिक समस्याले काम केहि बाँकी रहेको र अधिकाश काम पुरा भएको जनाए । उनले स्थानीयहरु पुल छिटो बनेपछि खुसि भएको पनि बताए ।











