काठमाडौँः तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमानले पार्किङमा राखिएको मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ। विमानस्थलभित्रै पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि विमानमा आगो लागेको थियो।

दुर्घटनामा विमानस्थलमा कार्यरत दुई सेक्युरिटी गार्ड र समिट एयरकै कोपाइलटको पनि मृत्यु भएको छ। दुर्घटनामा श्री एयरलाइन्सको हेलिकोप्टरमा पनि आंशिक क्षति पुगेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज बिहान ९:२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हो ।

विमानमा के कति यात्रु थिए पुष्टि भएको छैन।

पहिलोपोष्टबाट