काठमाडौँ – लुक्लामा दुर्घटना भएको विमानका चालक रवीन्द्र रोकायालाई सामान्य चोट लागेको छ । जहाजबाट हामफालेर ज्यान जोगाउन सफल भएका पाइलट रोकायालाई टाउकोमा सामान्य चोट लागेको हो ।
उनी सामान्य उपचार पछि डिस्चार्ज हुँदै छन् । विमान दुर्घटनामा सहचालकसहित तीनजनाको ज्यान गएको थियो । यस्तै घाइते दुईजनाको उपचार भइरहेको छ । देश संचार बाट










