बजार बन्द गराउँदै हिडेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई व्यवसायीहरुले लखेटेका छन । यो बीरगञ्जको घटना हो । त्यहाँको वजार बन्द गराउदै हिंडेका सत्तारुढ मधेसी मोर्चाका कार्यकर्तालाई बीरगजका ब्यवसायीहरुले लखेटेका हुन । सो क्रममा व्यवसायी र मोर्चाका कार्यकतौबीच केही समय घण्टाघर चोकमा झडप समेत भएको थियो । मोर्चाका कार्यकर्ताहरुले मिनाबजार कम्प्लेक्समा रहेका खुद्रा तथा थोक तरकारी पसलेहरुलाई पसल बन्द गर्न चेतावनी दिएपछि ब्यबसायीहरु बन्दकर्ताको प्रतिकार गर्दै आक्रमणमा उत्रिएका हुन । ब्यबसायीको प्रतिकारमा उत्रदा शरद्सिङ भण्डारीको पार्टी राष्ट्रिय मधेस समाजबादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल घाईते भएका छन् । सयौंको संख्यामा रहेका आक्रोशित ब्यबसायीले सत्तारुढ मोर्चाका कार्यकर्तालाई प्रतिकार गरेपछि घण्टाघर क्षेत्र तनाबपूर्ण भएको थियो । अहिले सो क्षेत्रमा थप झडप हुन नदिन र स्थितीलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गोबिन्द साह र सशस्त्र प्रहरी उपरीक्षक रबिन्द्र ठाकुर आफै घटनास्थलमा खटिएका छन् ।
ब्यापारीले मधेशीमोर्चाका कार्यकर्तालाइ यसरी लखेटे
सवाल नेपालसंवाददाताबुधबार, २३ फागुन २०७३

ब्यापारीले मधेशीमोर्चाका कार्यकर्तालाइ यसरी लखेटे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



