विष्णुप्रसाद पोखरेल दमक/नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले यसै सातादेखि दमकका लागि नयाँ खुसिको सन्देश दिने भएको छ ।

दमकमा सस्तो मूल्यमा सेवा पाउने गरी सामुदायिक अस्पताल सञ्चालनमा ल्याउने भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिशेषगरी मुटुका बिरामीहरुलाइ विशेषज्ञ सेवा प्रदान गरिने उदेश्य अनुसार यो अस्पताल खुल्न लागेको हो ।

आवश्यक पुर्वधार र उपकरणको बन्दोबस्ति भइरहेको रेडक्रस दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकीले बताएकाछन् ।

आर्थिक श्रोत जुटाउन धेरै मुश्किल भएपनि आफुहरु धेरै लागि परेकाले श्रोतहरु जुटिरहेको उपसभापति एवं आर्थिक उप समितिका संयोजक हिमालयप्रसाद दाहालले बताए ।

निवर्तमान अध्यक्ष लीला गुरागाइका अनुसार आउदो ६ गते बृहत स्वास्थ्य शिबिर सहित यहाँको सामुदायिक अस्पतालले सेवा प्रदान गर्ने लक्ष्य रहेको छ र त्यहि अनुसारको तयारी रहेको छ ।

यस प्रकारको मुटु सम्बन्धिको विशेषज्ञ सेवा प्रदान गर्ने यो नै पहिलो सामुदायिक अस्पताल बन्ने पनि उनले दाबी गरेकाछन् ।

यो दमक रेडक्रसको मात्र नभएर दमकको पहिचान हुने उनले जनाए ।

मन्त्री पनि प्रफुल्ल

दमकमा मुटुरोगको विशेषज्ञ सेवा प्रदान गर्ने सामुदायिक अस्पतालको बिषयमा जानकारी लिदै प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीबन घिमिरेले सरकारले यसमा सहयोग गर्ने बताए ।

उनले यो कदमको खुलेर प्रंशाशा पनि गरे ।

उनि मंगलवार विहानै रेडक्रस दमकमा अस्पतालको संरचनाको स्थलगत अवलोकनका लागि आएका थिए ।

उनले सबै हेरेपछि खुसि प्रकट गरेको रेडक्रसका कार्य समिति सदस्य बिमल शर्माले बताए ।

मेयरले पनि गरे प्रशंशा

यसैबीच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पनि यो दमकका लागि अवसर भएको जनाए ।

उनले रेडक्रसले मानवीय सेवामा गरेको कामको प्रशशा गर्दै अहिले सामुदायिक अस्पताल सञ्चालन गर्न लागेको भन्दै यसमा सबैको सहयोग र साथ आवश्यक रहेको भने ।

उनले यसमा नगरपालिकाले सक्ने सबै प्रकारको सहयोग गर्ने भन्दै अहिले भइरहेको कामप्रति प्रंशशा गरे ।